जयमोद ठाकुर(स्वास्थ्यकर्मी), बीरगञ्ज २८ पुस । विश्वभरी छरिएर रहेका मधेशीहरुले स्थापना गरेको मधेश रिलिफ फण्डले सहयोग वितरणलाई तीब्रता दिएको छ ।
बीरगञ्जसहितका स्थानमा सहयोग वितरण भइरहेको छभने पश्चिम मधेशमा पनि सहयोग वितरणका लागि गृहकार्य भइरहेको फण्डले जनाएको छ ।
पर्सामा मधेश आन्दोलनको क्रममा सहिद भएको परिवारलाई र घाइतेहरुलाई आर्थिक सहयोग बितरण गरिएको छ । फण्डका सयोजक डा.कृष्ण चन्द्र प्रसाद साहको अगुवाइमा पर्सा जिल्लाका सहिद परिवार र घाइतेलाइ आर्थिक सहयोग गरिएको छ । साथै जीवनयापन गर्नको लागि सहयोग गर्न प्रतिबध्तासमेत गरेको देखिन्छ ।
सहिद सोहन साहको श्रीमतीलाई ११००० नगद प्रदान, साथै होलीभन्दा अगाडि पसलका लागि फ्रिज, घाइते उपेन्द्र यादवलाई २००० औषधि उपचारको लागि आर्थिक सहयोग प्रदान, सहिद दिलिप चौरसियाको बुबालाई उपचार गराउने प्रतिबध्ता, सहिद सत्रुघन पटेलको आमाको जीवन यापन गर्न २०,००० भैसी खरिद गर्न नगद प्रदान गरिएको छ ।
त्यस्तै सहिद दिनानाथ साहको छोराको लागि छठीयारमा उठेको रकममा थप १६००० नपुग रकम थपेर रु एक लाख बनाइएको छ । साथै घाइते मुन्शी पटेलको थप उपचारको लागि बाहिर लाने योजना बनाइएको छ ।
त्यस्तै सोमबार बितरण गरेको र प्रदान गरेको सहयोग बारे मंगलबार मकालु होटेलमा बिरगंजका बिभिन्न ब्यक्ति पत्रकार र सहयोगीको उपस्थितिमा भावी कार्ययोजना बारे छलफल गरेको छ ।
बैठकमा डाक्टर जगदीश अग्रवाल, डाक्टर रबिन्द्र सिंह, डाक्टर चित्रंजन साह पुर्व एसपी हनुमान साह, पत्रकार आरके पटेल, रितेश त्रिपाठी, सहयोगी प्रकाश चौधरी स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।





