Bhairahawa-kapada-bitaran

रबिन्द्र प्रताप गुप्ता, भैरहवा २८ पुस । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल सिद्धार्थनगर, रुपदेहीमा अध्ययनरत विद्यार्थीहरुले शितलहर पीडितहरुको लागि राहत वितरण गरेका छन् ।

जाडोमा न्यानो कपडाको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले रुपन्देहीस्थित करौता गाविस शुक्ला वनगाई मर्चवारमा रहेका मुस्लिम र दलित बस्तीका अति विपन्न समुदायका ६५ परिवार र विपन्न समुदायका ५० परिवारलाई जाडोमा लगाइने न्यानो कपडा वितरण गरिएको सुवास गुप्ताले हुलाकी न्यूजलाई जानकारी दिए ।

उक्त राहत कार्यक्रममा मेडिकल कलेजका विद्यार्थीहरु राजीव यादव, राजीव राय यादव, सन्तोष यादव, प्रशान्त महतो, सुवास गुप्ता, अमित साह, अनुराग नाथ शुक्ला, नितेश महतो, सुदिप यादव, कमलकान्त गोइतलगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको खर्च विवरण र राहत कार्यक्रम सम्बन्धि अन्य विवरण केही दिनमा सार्वजनिक गरिने विद्यार्थीहरुले वताएका छ्न ।

गरिब बस्तीमा आएर यसरी मेडिकल कलेजका विद्यार्थीहरुले जाडोको कपडा वितरण गरेकोमा स्थानीय वासिन्दाले खुशी व्यक्त गरेका थिए ।

Bhairahawa-kapada-bitaran-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.