Mahotry-chaild-killed

रंजन भण्डारी, जलेश्वर २८ पुस । महोत्तरीको भटौलिया गाविस घर भएका एक बालकको अपहरण पछि हत्या भएको छ ।

आईतवार साझ ६ः१५ मा अज्ञात व्यक्तिहरुले भटौलिया २ निवासी रबिन्द्र महासेठका ८ वर्षीय छोरा जेनिस भनिने चिरञ्जिवी महासेठलाई अपहरण गरिएको थियो । प्रहरीलाई जानकारी हुनासाथ उनको खोजी कार्य तीब्र पारिएको थियो ।

खोजतलासकै क्रममा एकडारा बेला गाविस वडा नंं ७ स्थित गहुँ खेतमा मंगलबार विहान २ वजे गाडिएको अवस्थामा वालकको शव फेला परेको छ ।

घाटी थिची हत्या भएको प्रारम्भीक अनुसन्धानमा देखिएपनि पोष्टमार्टम पछि मात्र यथार्थ भन्न सकिने प्रहरी उपरीक्षक जनक भटटराईले हुलाकी न्यूजलाई बताए ।

हाल शंकाको आधारमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ भने ति मध्ये ३ जना अभियुक्त रहेको प्रारम्भीक अनुमान छ ।

अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै पक्राउ परेकाहरुको नाम भने अहिले गोप्य राखिएको छ । बालक भटौलिय ८ स्थित अमर ज्ञान ई.बो.स्कुलको एलकेजीमा अध्ययनरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.