Aim-sikta-2

हुलाकी न्यूज, सिकटा २८ पुस । डा.सीके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनले भारत केन्द्रीत अभियान थालनी गरेको छ । मधेशको छिमेकी जिल्लाहरुमा भारतीय पक्षलाई स्वतन्त्र मधेश गठबन्धनका बारे जानकारी तथा पत्र वितरण गरिदैछ ।

सोमबार पश्चिम चम्पारण जिल्लाको सिकटामा आयोजित एक कार्यक्रम सीके राउतका समर्थकहरु द्वारा भरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश ‘मै सीके हुँ’ भन्ने टोपी लगाएका थिए ।

मधेश आन्दोलनको समर्थनमा भारत नेपाल मैत्री यात्रा कार्यक्रमको मुख्य अतिथि थिए पूर्व मन्त्री डा.रघुबंश प्रसाद सिंह र अन्य भारतीय नेताहरु । कार्यक्रममा मधेशी नेताहरु पनि सहभागी भएका थिए ।

aim-jhanda-indin-leader

त्यसक्षेत्रमा डा.सीके राउतको समर्थक देखेर मधेशी नेताहरु अलमलमा परेको गठबन्धनका युवा नेता राजेश यादवले हुलाकी न्यूजलाई बताए । मधेशी नेताहरुले भाषण गर्ने क्रममा अलिहेको आन्दोलन सफल नभए स्वतन्त्र मधेशको आन्दोलनमा सहभागी हुने बाचा गरेको यादवले बताए ।

यादवका अनुसार कार्यक्रममा सहभागी नेताहरुलाई स्वतन्त्र मधेश बारे जानकारी दिइएको र पत्रहरु वितरण गरिएको छ । साथै स्वतन्त्र मधेशको झण्डा पनि कार्यक्रम मै फहराइएको यादवले हुलाकी न्यूजलाई बताए ।

यसअघि डा.सीके राउतले आफ्नो ब्लगमार्फत सम्पूर्ण भारतीय पक्षलाई स्वतन्त्र मधेश आन्दोलनमा समर्थन जनाउन आग्रह गर्दै पत्रसमेत प्रेसित गरेका छन् ।

राउतको पत्र

pamphlet4india.pdf
pamphlet4india.pdf

pamphlet4india.pdf

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.