kali-prasad-parajuli

हुलाकी न्यूज, जनकपुधाम, २३ भदौ । धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले धनुषाको सरकारी कार्यालयका कर्मचारीहरुलाई राजनीतिक ब्यानरमा हुने कुनै पनि कार्यक्रम र आन्दोलनमा सहभागी नहुन चेतावनी दिएका छन् ।

निजामति कर्मचारी दिवसको अवसरमा मंगलबार जनकपुरमा आयोजित कार्यक्रममा प्रजिअ पराजुलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यक्रममा सरकारी कार्यालयका कर्मचारीको उपस्थिति देखिएको सूचना प्राप्त भएको बताउँदै यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले सरकारी कर्मचारीलाई कुनै पनि विरोध कार्यक्रममा सहभागी नहुन कडा चेतावनी दिए ।

प्रजिअ पराजुलीले अधिकार प्राप्तीको लागि अराजकता मच्चाउने र हिंसात्मक गतिविधि गर्ने नेता कार्यकर्ताहरुको क्रियाकलापलाई मुकदर्शक बनेर हेर्न नसकिने भन्दै प्रशासनले आवश्यक परे बल प्रयोग गर्ने स्पष्ट पारे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.