upawash-protest-madhesh

हुलाकी न्यूज, काठमाडौं २७ पुस । मधेशमा जारी आन्दोलनले १ सय ५० दिन पुरा गरेको अवसरमा सद्भावना पार्टीले घोषणा गरे अनुसार सोमबार मधेशका जिल्लाहरुमा उपवास गरिएको छ ।

जारी मधेश–थरुहट आन्दोलनमा मारिएकाहरुको श्रद्धाञ्जली तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपवास गरिएको हो ।

सद्भावना पार्टीका युवा नेता तथा केन्द्रीय सदस्य उपेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै सोमबार मधेशका सम्पूर्ण जिल्ला तथा काठमाडौंमा रहेका मधेशीहरुले उपवास गरेको बताए ।

महतोले उपवासमा सम्पूर्ण मधेशीहरुले साथ दिएको बताउँदै आन्दोलनको नयाँ स्वरुपहरुमा मधेशीहरुको सक्रिय सहभागिता रहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.