हुलाकी न्यूज, जनकपुरधाम २६ पुस । मधेशी जनताको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सेनाको बलमा आन्दोलनलाई दवाउन चाहे मधेशी जनताले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
‘सरकारले सेना परिचालन गरे मधेशी जनता लाठीले त्यसको सामना गर्नेछ’ भन्दै यादवले मधेशी जनतासँग राज्यले दुश्मन मुलुकको सेना झै व्यवहार गरि रहेकाले मधेशी जनताले अधिकार नपाएसम्म आन्दोलन कुनैपनि हालतमा नरोकिने दाबी गरे ।
सोमवार धनुषाको कचुरीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफुहरु शान्तिपूर्ण तरिकाले वार्ता र सम्बादकै माध्यमले विगतमा भएका सम्झौता अनुरुप मधेशी जनताको अधिकार दिलाउन चाहेपनि शासक वर्गले आनाकानी गरि रहेको आरोप लगाए । यादवले अधिकारको लागि जारी मधेश आन्दोलनको स्वरुप परिवर्तन गर्नु परे मुलुकमा अनर्थ हुने चेतावनीसमेत दिए ।
उनले जगत जननी जानकी र बुद्धको प्रभाव अहिलेपनि मधेशको भूमिमा रहेकै कारण मधेशी जनताहरु अझै शान्तिपूर्ण मार्गलाई अंगिकार गरेको र शासक वर्गले अहिलेकै हठ कायम राखे बाध्य भएर अझै सशक्त आन्दोलन गर्नु पर्ने र त्यो मुलुकको लागि नै अनिष्ट हुने चेतावनी दिए ।
उनले भने ‘शासक वर्ग मधेशी जनतलाई थकाउन चाहन्छ, गलाउन चाहन्छ, झुकाउन चाहन्छन, तर मधेशी जनता न थाक्ने छ, न झुक्ने छ, न गल्नेछ ।’ माले मशाले र मण्डलेको समीकरणले मुलुक निरंकुशतातर्फ गइ रहेको बताउदै उनले मधेशी जनता निरंकुश साशकको छातिमा बसेर आफनो अधिकार लिन पछाडि नहटने बताए ।
क्षेत्रीय अध्यक्ष सत्यदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य डा.रामस्वार्थ राय, चमेली देवी दास, अरुण सिंह मण्डल, जिल्ला अध्यक्ष शेषनारायण यादवलगायतका जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।





जब सेना नै परिचालन गरयो.. भने अधिकारको लागी किन् लदनु परयो।मदेश देश कालागी किन् न लड…जब मरनुनै छ।