हुलाकी न्यूज, भैरहवा २३ भदौ । कैलालीको टिकापुर घटनासँग मुछेर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का नेता लक्ष्मण थारुलाई पक्राउ परेका छन् ।

प्रहरीले बुधबार नेता थारुलाई भैरहवाबाट पक्राउ गरेको हो ।

भैरहवास्थित फोरम (लोकतान्त्रिक)को पार्टी कार्यालयबाट पक्राउ गरिएको फोरमका नेताहरुले बताएका छन् । बुधबार फोरम (लोकतान्त्रिक)को विरोध सभा भैरहवामा हुने भएपछि थारु त्यहाँ पुगेका थिए ।

यता लुम्विनी अञ्चलका एसएसपी गणेश केसीले थारु पक्राउ परेको पुष्टि गर्दै टीकापुर घटनाबारे अनुसन्धानका लागि पक्राउ गरेको अनलाईनखबरले जनाएको छ । थारुलाई अहिले टीकापुर चलान गरिएको छ ।

यसअघि थारुले आफूले टिकापुर घटना गरएको भन्दै पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौती दिएका थिए । उनले सरकारलाई हिमत भए आफुलाई पक्रेर देखाउन चुनौती दिदै आएका थिए ।

सरकारप्रति निकै आक्रक देखिदै आएका थारुले थरुहटमा जारी आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.