rajendra mahato1
काठमाडौं, २७ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको माग पूरा नभएसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुलाई काठमाडौंबाट बोलाएर नाकामा बस्ने चेतावनी दिएका छन् ।

उनले भने ‘म केही सातापछि नेपाल फर्किन्छु र मधेशको समस्या समाधान नहुन्जेल नाकामा फेरि धर्ना बस्छु ।’ अध्यक्ष महतो थपे, ‘मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ । नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेशी शीर्ष नेताहरुलाई बोलाएर फेरि नाकामा बस्छौँ ।’

उनले सरकारले वार्ताको नाटक मात्र गरिरहेका आरोप लगाएका छन् । ‘अब मधेशका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उद्धारो होइन’ उनले भने ।

राजधानीमा सोमबार मधेशी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोन मार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् । उनले भने, ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेशमा भइरहेको आन्दोलन देखेको छैन । उक्त कार्यक्रम मधेशी पत्रकार समाजको अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्न भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.