
वीरगन्ज, २७ पुस । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका नेताहरुले सम्पूर्ण मधेश एक प्रदेश नबने ‘मधेश देश’ बन्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् ।
आन्दोलन समितिले आज वीरगन्जमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै समितिका नेताहरुले सो चेतावनी दिएका छन् ।
संयूक्त मधेशी राष्ट्रीय आन्दोलन समितिद्वारा विरगंजमा आयोजित विरोध सभाका प्रमुख अतिथि मातृका यादवले मधेश एउटा आफैमा राष्ट्रियता भएकोले दाबी गरेका छन् । उनले मधेश एउटा राष्ट्रियता भएकोले यसलाई खण्डित गर्ने अधिकार कसैसँग नरहेको बताएका छन् ।
उक्त विरोधसभामा अधिकांश वक्ताहरूले आत्म निर्णयको अधिकार सहित संपूर्ण मधेश प्रदेश एक प्रदेश नभए “मधेश देश“ बन्नबाट दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरेका छन् ।



