Tharu-youth-madhesh

हुलाकी न्यूज, काठमाडौं २७ पुस । थरु युवा स्वयंसेवक दस्ताले शक्ति प्रदर्शन गर्ने भएको छ । पुस २९ गते युवाहरुले शक्ति प्रदर्शन गर्ने जनाइएको छ ।

दाङमा आयोजित दस्ताको केन्द्रीय बैठकले आउँदो बुधबार दाङदेखि कञ्चपुरसम्मका पाँच जिल्लामा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले दाङको त्रिपुरा नगरपालिका, बाँकेको कोहलपुर, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको बेलैरीमा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संयोजक महावीर चौधरीले हुलाकी न्यूजलाई फोनमार्फत जनाए । उनका अनुसार पाँच वटै जिल्लामा हजारौं युवाहरुले रातो पट्टि बाँधेर मार्च पास गर्नेछन् ।

हालै दाङमा आयोजित युवाहरुको राष्ट्रिय भेलाले चौधरी नेतृत्वमा थारु स्वयंसेवक दस्ता गठन गरेको थियो । त्यसपश्चात चौधरीले यी पाँचवटै जिल्लामा जिल्लामा समिति गठन गरेका छन् । सोही जिल्ला समितिको संयोजनमा पुस २९ गते युवाहरुको शक्ति प्रदर्शन गर्ने तयारी रहेको संयोजक चौधरीले बताए ।

‘थारुहरु विगत चार महिनादेखि आन्दोलनमा छन् । हाम्रो माग पूरा नभएसम्म थारु आन्दोलन जारी नै रहेको सन्देश दिन शक्ति प्रदर्शन गर्न लागिएको हो,’ संयोजक चौधरीले भने ।

थारु एराउण्ड द बल्र्डका संयोजकसमेत रहेका चौधरी विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । उनले मधेश–थरुहटका युवाहरुलाई प्रशिक्षण दिएर थारु दस्ता निर्माण गर्ने क्रममा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.