हुलाकी न्यूज, पटना २६ पुस । भारतको विहारको राजधानी पटनामा मधेश आन्दोलनको समर्थनमा प्रदर्शन गरिएको छ ।
पटनाका विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेपाल सदभावना पार्टीले संयुक्त रुपमा पटनामा जन मार्च गरेको नेपाल सदभावना पार्टीका महासचिव राजिव झाले हुलाकी न्यूजलाई बताए ।
झाका अनुसार विहारका राजनीतिक दल तथा बुद्धिजिविहरुको सहयोगमा जन मार्च गरिएको हो ।
प्रदर्शनका लागि मधेशबाट नेपाल सदभावना पार्टीकी संसद डिम्प झा तथा अध्यक्ष अनिल झासहित संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवसमेत पटना पुगेका छन् ।
साथै मधेशका विभिन्न क्षेत्रका पत्रकारहरु पनि पटना पुगेका छन् ।







