bhagyanath gupta
वीरगन्ज, २६ पुस । मधेशी जनअधिकार फोरम, मधेशका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताले मधेशसँग गद्दारी गर्नेलाई मधेशले कहिल्यै पनि माफ नगर्ने चेतावनी दिएका छन् । उनले मधेशका गद्दारहरुको पहिचान गरी मधेशको गद्दार घोषित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

वीरगंजमा मधेशी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका मधेशी शहीदहरुप्रति श्रद्धान्जलीका लागि शनिबार आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष गुप्ताले मधेशी शहीदहरुको शहादत व्यर्थ नजाने बताएका थिए । उनले मधेशी जनतालाई अब कसैले पनि धोका दिन नसक्ने भन्दै अब मधेशी जनता जागरुक भइसकेको जिकिर गरे ।

उनले ओली सरकारलाई इतिहासले कहिल्यै पनि माफ नगर्ने बताएका छन् । साथै उनले मधेशमा लम्बिएको संघर्षको कारण मधेशी दलहरु नै रहेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.