सन्तोष पटेल, बीरगञ्ज २६ पुस । प्रहरीको गोली लागि घाइते भएका पर्सा जिल्ला बगही ३ का मन्सी पटेलको परिवारले सहयोगका लागि अपील गरेको छ ।

नयाँ संविधान जारी भएको दिन बीरगञ्जमा गोली लागेका पटेलको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् ।

बुवा रामचन्द्र राउत कुर्मी, पटेलका श्रीमती शान्ती देवी र भाई बच्चा पटेलले आइतबार वीरगंजमा संचारकर्मीहरुसंग भेटघाट गरी उपचारको व्यवस्था मिलाइदिन सम्पूर्ण सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।

पटेल बिगत ३ महिना २३ दिनदेखि अस्पतालको शयैमा नै उपचार गराईरहेका छन् । एक महिना २१ दिन वीर अस्पताल, दुई महिना स्पाइन्ल अस्पताल र हाल सुष्मा कोइराला अस्पताल काठमाडौंमा उपचार भइरहेको परिवारजनले जनाएको छ ।

आर्थिक अभावका कारण छोराको उपचार राम्रोसँग नभएको बताउदै उनका बुबाका अनुसार गोली लागेको कारण मेरुदण्डको नशामा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरु बताउछन् ।

अस्पतालमा घाउको डे«सिंग मात्र हुने गरेको दुखेसो मन्सीका बुवा रामचन्द्र राउतले पोखे । अस्पतालमा सुत्दासुत्दै मन्सी पटेलको कम्मरमा घाउसमेत भइसकेको उनका बुबाले जनाए ।

Manshi-patel-2

जारी मधेश आन्दोलनको नेतृत्व गरिरहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेसी मधेशी गठबन्धनका नेताहरु पटेलको उपचारप्रति गम्भीर नभएको आरोप लगाउँदै मोर्चा र गठबन्धनका नेताहरु गफ मात्र गर्ने गरेको पटेलकी श्रीमती शान्ति देवीले आरोप लगाईन ।

अस्पतालमा बसेका कुरुवा र बिरामीहरुलाई खान र बस्नसमेत गार्हो भएको शान्ति देवीले बताईन ।

पटेललाई असोज ३ गते अर्थात नेपालको संबिधान २०७२ जारी भएकै दिन प्रर्दशनकारी र प्रहरीबीच माईस्थान चौकमा झडप हुदाँ सुरक्षाकर्मीको गोली लागि गम्भीर घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.