बीपी साह, काठमाडौं २६ पुस ।
हत्या गरिएका युवकको लास सशस्त्र प्रहरी बलको बेश क्याम्प नजिकै फेला पर्छ । त्यसको अनुसन्धान गर्दै गरेका र दुई/तीन दिनमै सत्यतथ्य सार्वजनिक गर्छु भनेका नेपाल प्रहरीको अनुसन्धान अधिकृतको अचानक सरुवा हुन्छ ।

त्यसपछि गएका अनुसन्धान अधिकृतले महिनौ दिन वित्दासमेत घटनाका विषयबस्तु लुकाउन खोज्छ । र, घुमाउरो पाराले भन्छ,‘यो हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिँदा उपयुक्त हुन्छ ।’

प्रहरीले हालसम्म न त मृतकको कल डिटेल झिक्छ न त मृतकको साईकल न त उनको चप्पल बारे जानकारी दिन्छ । अर्थात नेपाल प्रहरीले अनुसन्धानका प्राथमिक बस्तु र प्रमाणहरुलाई दबाउने तथा मेटाउने प्रयास गर्छ ।

त्यसपछि मृतकका परिवार र स्थानीयवासीहरुले भन्छन्,‘सशस्त्र प्रहरीले जितेन्द्र नारायण देवको हत्या ग¥यो, नेपाल प्रहरीले लुकाउन खोज्यो । अव केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्नु प¥यो । होइन भने सरकारले मधेशीहरुको हत्या गरी लुकाउने परम्परा कायम राख्नु प¥यो ।’

यसरी भयो घटना

असोज ३० गते राजविराज ६ स्थित घरबाट साँझ ५ बजेतिर ३० वर्षीय जितेन्द्र नारायण देव तरकारी ल्याउन बजार गए । तर उनी अबेर साँझसम्म फर्केनन् ।

उनका परिवारजनले खोजी कार्य सुरु ग¥यो । जितेन्द्रका भाई चन्द्रनारायण देव हुलाकी न्यूजसँग भन्छन्,‘हामी अबेर रातिसम्म निकै खोजी ग¥यौं । दुई दिनसम्म खोजी जारी राख्यौं । तर फेला पार्न सकेनौं ।’

यता राजविराजमा आन्दोलन चर्किदै थियो । मान्छे मारेर कोशी नदीमा फालिएको चर्चा पनि चल्यो । मृतक पनि आन्दोलनमा सर्वसाधारणको हैसियतले सहभागी हुँदै आएका थिए । उनी सामाजिक सञ्जालबाट पनि आन्दोलनको समर्थनमा थिए । (देवको फेसबुक)

jitendra-dev-fb

जितेन्द्र हराएको तीन दिन पछि अर्थात कार्तिक ३ गते मंगलबार विहान करिब सात बजेतिर उनको लास नहर छेउमा भेटियो । राजविराजबाट कुनैली रोडको करिब सात किलोमिटर पर नहर चौक(बडही चौक) भन्दा पाँच सय मिटर पश्चिम कोशी नहरमा उनको रक्ताम्य लास थियो । जहाँबाट नजिकै सशस्त्र प्रहरी बलको बेश क्याम्प रहेको छ ।

जिर्ण बन्दै गएको राजविराज विमानस्थल नजिकै बेश क्याम्प छ । स्थानीयवासीहरुका अनुसार उक्त सशस्त्र प्रहरीको बेश क्याम्प निकै विवादित छ ।

लास भेट्ने संयोग कस्तो ! पाँच घण्टा अझै ढिलो भएको भए लास भेट्ने थिएन । त्यो बडी नहर सोमबार बन्द हुन्छ र मंगलबार दिउँसो १२ बजे खुल्छ । अर्थात लास त्यही अनुसारले त्यहाँ फालिएको थियो कि १२ बजेपछि नहरले लास बगाएर लगोस् ।

मृतकका भाई चन्द्रनारायण भन्छन्,‘हत्या पूर्णरुपमा नियोजित तरिकाले भएको छ । लास पनि त्यही अनुसार फालिएको छ र प्रहरीको अनुसन्धान तथा प्रमाण लुकाउने प्रयासले पनि त्यो प्रष्ट हुन्छ ।’

पोष्टमार्टम रिपोर्ट

Detendra-dev-3
जितेन्द्र नारायण देव

जितेन्द्रको पोष्टमार्टम रिपोर्टमा टाउकोमा गम्भीर चोट लागेकोले मृत्यु भएको जनाइएको छ । त्यसमा गोलीले अथवा धारिलो हतियार प्रयोग गरी हत्या भएको हुन सक्ने भूमिका लेखिएको चन्द्रनारायण देबले हुलाकी न्यूजलाई बताए ।

नेपाल प्रहरीको वेवास्ता

घटनाको महिनौ वित्दासमेत अहिलेसम्म प्रहरीले कुनै जानकारी नदिएको चन्द्रनारायण बताउँछन् । उनी भन्छन्,‘ अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । मोबाईलको कल डिटेल र साईकल पनि पता लागेको छैन । अनुसन्धान अधिकृत इन्सपेक्टर लालध्वज सुवेदीको अचानक सरुवा भएको छ । उनी घटनाका तहसम्म पुगेको बताएका थिए । उनले अनुसन्धानमा निकै ध्यान दिएका थिए । तर नयाँ अनुसन्धान अधिकृत इन्सपेक्टर सुरज खड्का अनुसन्धान गर्दैछन् र उनी गैर जिम्मेबार छन् । अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । उनी बारम्बार घुमाउरो पाराले भन्छन्, केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धानको जिम्मेबारी दिनुपर्छ । हामी सक्दैनौं । खड्का हत्या बारे धेरै कुरा लुकाउन चाहन्छन् ।’

मृतक जितेन्द्र उपभोक्ता पसल चलाएर बसेका थिए । आगामी दिनमा फार्मेसी चलाउने योजनामा थिए । सोही कारण उनी डीफर्मा पढ्दै थिए । उनको परिवारको आर्थिक अवस्था निम्न मध्यम वर्गीय रहेको भाई चन्द्रनारायण देवले बताए ।

1 COMMENT

  1. Yo Nepal ma Madheshi bhayer janm linu bidambana ho jasto lagchha. Anyway truth of this incident must be clarified by the investigating team of police.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.