हुलाकी न्यूज, काठमाडौं २६ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने पारिवारिक श्रोतले जनाएको छ । राजस्थानमा आयोजित एक धार्मिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा डा.यादव भारत जान लागेका हुन् ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको यो पहिलो भ्रमण हुन लागेको हो । पारिवारिक स्रोतका अनुसार यादव राजस्थान र दिल्लीमा करिब दुई साता रहनेछन् ।
सुरुमा राजस्थान जाने र फर्किएर दिल्ली बस्ने कार्यक्रम छ । दिल्लीमा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र केही पूर्वराष्ट्रपतिहरूसँग भेटवार्ता गर्ने गरी कार्यक्रम बनिरहेको उनी निकटस्थ स्रोतले जनाएको छ । उनीसँगै छोरी अनिता, सुरक्षाकर्मी र सहयोगी पनि भारत जाने बताइएको नयाँ पत्रिकाले जनाएको छ ।




