रंजन भण्डारी, जलेश्वर २५ पुस । महोत्तरीको भिठामोडमा धेरै दिनदेखि थन्किएको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजको ट्रक शनिबार शसस्त्र प्रहरीको स्कर्टिड्डमा गनतव्यमा पुगेको छ । रामनगरस्थित मिलमा ट्रकहरु ज१ख २५८,ज१ख २६७,ज१ख २९८ र ज१ख ३०० नम्बरको नेपाली ट्रकहरु भित्रिएको छ भने बिआर०६६ए ६५७९ र बिआर३७एफ ३६०१ नं.को दुईवटा भारतिय ट्रक रहेका छन् ।

उक्त ट्रक पास गराउन स्थानीय नेता तथा मिलका संचालकबीच पैसाको चलखेल भएको मोर्चाका अन्य नेताहरुले आरोप लगाएका छन् । हुलाकी न्यूजकर्मीलाई उक्त नेताले भने मोर्चाका शिर्षस्त नेताहरुले नै मिलका मालिकसँग पैसा लिएर ट्रक पास गराउन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

उक्त ट्रकहरु शनिवार विहान ५ बजेतिर जलेश्वर हुँदै गनतव्यतर्फ गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् भने जलेश्वर भन्सार कार्यालयले समेत ट्रक गएको पुष्टी गरेको छ ।

पुष १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सो ट्रकहरु नेपाल ल्याउन दिने गरेको निर्णयको प्रतिउत्तरमा पुष १८ गते संघीय समावेशी मधेशी गठबन्धनले प्रेस विज्ञप्ती जारी गर्दै ट्रकहरु नेपाल ल्याउन रोक लगाएको थियो । यता केहि नागरिक समाजका अगुवाहरुले समेत मोर्चाको निर्णय गलत भएको भन्दै भिठामोडमै ट्रकहरुलाई रोकेका थिए ।

मिलबाट जिल्ला प्रसासन कार्यालय, आन्दोलनकारीलगायतका लागि किसानको हवाला दिदै मिलको सामग्री ल्याउन दिन अनुरोध गरिएकोमा मोर्चाले ल्याउन स्विकृती दिएको थियो ।

नाका सुनसान

यता ट्रक नेपाल भित्रिएसंगै भिठामोड नाका सुनसान भएको छ । विगतमा भने दुई चार जना नाकामा देखिने गरिए पनि ट्रक भित्रिएपछिको शुन्य उपस्थितिले आन्दोलनको नाउँमा आफ्नो गोजी ताक्नेहरुले मधेश र मधेशीको भावनासँग खेलवाड गरेको स्थानीय व्यापारी राकेश साहले बताए ।

साहले समान्य व्यापारीहरुलाई मर्का परेको तर ठूला व्यापारीसँग पैसाको लेनिदेनि गरेर मोर्चाका नेताहरुले सामाग्री पास गर्न दिएको आरोप लगाए ।

Matihani-naka

 

Bhithamod-naka-2

 

 

1 COMMENT

  1. Ukhu mill ko hoena kisan ko ho ra kisan marnu bhaneko aafnai khuta ma bancharo hannu ho thik gare6 kissan lae utpadit saman bechna chhut dinu par6.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.