हुलाकी न्यूज, जनकपुरधाम, २२ भदौ । जनकपुरमा निषेधित क्षेत्र तोकिएको ठाउँमा प्रदर्शनकारीको जुलुस पुगेपछि प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भएको छ ।
संयुक्त युवा क्लबले मंगलबार निकालेको लाठी जुलुस निषेधित क्षेत्र तोकिएको भानुचौक बाट रेल्वे स्टेसनतर्फ बढेपछि प्रहरीले रोकेको थियो । सो क्रममा दुई पक्षीय झडप भएको हो ।



