हुलाकी न्यूज, काठमाडौं २५ पुस । मधेशी–थारुहरुलाई भारतीय देख्ने प्रधानमन्त्री केपी ओलीको पहिलो भ्रमण दिल्ली हुन लागेको भन्दै थारु अगुवा राजकुमार लेखीले प्रधानमन्त्री ओली भारतको गुलामी गरिहेको आरोप लगएका छन् ।
मधेश खोज्न युपी र विहार देखाउने ओली आज आफ्नो पहिलो भ्रमण नै दिल्ली गर्न लागेकोप्रति शंका व्यक्त गर्दै लेखीले ओली सरकार भारतको शरणमा भएको दाबी गरे ।
आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षसमेत रहेको लेखीले मधेशी पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा नेपालका मानवअधिकारवादीहरु डलरबादी भएको बताए ।
लेखीले नेपालमा रहेको अधिकांश मानवअधिकारवादी संघ–संस्थाले थारु, मधेशी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेतिमात्र गरेको बताउँदै भने,‘यो देशको मानव अधिकारवादीहरु थारु, मधेशीमाथि भइरहेको विभेदको बारेमा बोल्न सकेको छैन, अनि हामी उनीहरुमाथि विश्वास गर्ने ?’
टीकापुरमा थारुहरुमाथि भएको अन्यायको बारेमा किन यहाँका मानव अधिकारवादी बोल्न सकेन ? मानवअधिकार त निश्पक्षपो हुनु पर्छ तर यहाँ मानवअधिकार भनेको सेतो छालावालाहरुको लागिमात्र रहेको जिकिर गरे ।
नेता थारुले भने, ‘सरकारले हामीसँग पटक पटक सम्झौता गरे तर आजसम्म त्यसको कार्यन्वयन भएन, अबको हाम्रो आन्दोलन वारपारको भइरहेको छ । जबसम्म तराई मधेशको माग पुरा हुँदैन त्यति बेलासम्म तराई मधेशको बन्द खुल्दैन ।’




