Bimalendra-nidhi

हुलाकी न्यूज, काठमाडौं २५ पुस । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले केही समय भित्रै नाकाबन्दी हट्ने बताएका छन् । निधिले सीमांकनमा पुर्नविचार हुने वितिकै नाकाबन्दी हट्ने बताएका छन् ।

काठमाडौंमा एक सहकारीको साधारण सभाको उद्घाटन गर्दै पूर्वमन्त्री निधिले अहिले अनेकथरीका नाकाबन्दीका कारण जनताले सास्ती पाएको बताए । उनले केही समयभित्रै नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे ।

निधिले कोही जनतामाथि भेदभाव नराखी सीमामा पुनरावलोकन गर्न सरकारलाई सुझाव दिए ।

आफुहरु सरकार गिराउने पक्षमा नरहेको बताउँदै निधिले भने,‘हामीले सरकार गिराउन चाहेका छैनौं, तर समस्या समाधान गर्न सरकारले नै रुची देखाउन सकेको छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.