Madheshi-morcha-send-leader
हुलाकी न्यूज, काठमाडौं २५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तीन दिनसम्म चलेको बैठकबाट माघ सात गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा भएको बैठकबाट नाकामा धर्नालगयतका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

नयाँ आन्दोलनका कार्यक्रमअनुसार पुस २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलूस प्रदर्शन एवं विरोध सभा गर्ने, ३० गते बिहिबार जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा सरकारद्धारा गरिएका हिंसा हत्या एवं दमन सम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघ २ गते शनिबार जिल्ला सदरमुकाममा विरोध स्वरुप विशाल लाठी जुलूस प्रदर्शन एवं सभा गर्ने, माघ ४ गते सोमबार जिल्ला सदरमुकाममा भेला भई विशाल मशाल जुलूस प्रदर्शन एवं सभा गर्ने र माघ ५ गते मंगलबार जिल्ला सदरमुकामहरुमा मधेश आन्दोलनका दौरानमा शहादत प्राप्त  गर्नुहुने वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न भव्य रुपमा बलिदानी दिवस मनाउने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

त्यस्तै माघ ७ गते गाउँ/नगर/क्षेत्रहरुको चोक चौराहामा विरोध सभा गर्ने र विरोधका यी कार्यक्रमहरुका अतिरिक्त आन्दोलनका जारी अन्य कार्यक्रमहरु निरन्तर रुपमा यथावत नै रहनेछ मोर्चाको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.