हुलाकी न्यूज, काठमाडौं, २२ भदौ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मंगलबार अपराह्न एकीकृत नेकपा माओवादीका नेताहरुसँग भेट गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराईले भेट्न बोलाएपछि उनी नेता डा. भट्टराईको सानेपास्थित निवासमा भेट्न गएको सानेपा स्रोतले जनाएको छ ।

डा. भट्टराई निवासमा भएको भेटवार्तामा एमाओवादी अध्यक्ष प्रचण्ड, नेता भट्टराई र तमलोपा अध्यक्ष ठाकुरबाहेक अरु कोही नभएको समाचार स्रोतले बताएको छ ।

भेटमा प्रचण्ड र भट्टराईले ठाकुरलाई फकाउन खोजेपनि उनी नमानेको बताइएको छ । भट्टराई निवासबाट बाहिरिएपछि अध्यक्ष ठाकुर फेरि मधेशतिरै फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.