हुलाकी न्यूज, काठमाडौं २५ पुस । पूर्वराष्ट्रपति डा.रामबरण यादव महंगो घरमा नभई साधारण र खुल्ला ठाउँमा बस्न चाहन्छन् ।
केही साताअघि हुलाकी न्यूजकर्मीहरुसँग अनौपचारिक कुराकानीमा डा.यादवले काठमाडौंमा नभए आसपासको ठाउँमा आफु सर्न चाहेको बताएका थिए । डा.यादवले हाल बसेको घर महांगो भएकोले सरकारलाई खर्च कम गर्ने मनसायले आफु समान्य घरमा बस्न तयार रहेको जनाएका थिए ।
डा.यादवले आफुलाई खुल्ला तथा शान्त वातावरण भएको र कटेज जस्तो समान्य घर भए पुग्ने बताएका थिए ।
पूर्वराष्ट्रपति यादवले खर्च कम गर्ने इच्छा प्रकट गरेको बेला सरकारले नै हेला गरेको छ । हाल बसेको घरको भाडा तिर्न सरकारी पक्षले आनाकानी गरेको छ ।
शनिबार एक पत्रिमा प्रकाशित समाचार अनुसार डा. यादव मासिक १ लाख ३० हजार भाडा तय गरी उनी दुई महिनाअघि कात्तिक १२ गते शीतलनिवासबाट ललितपुरको बागडोल सरेका थिए तर घरधनीले उक्त भाडामा करसमेत थपेर बुझाउनुपर्ने भनेपछि अन्योल उत्पन्न भएको छ ।
अर्कोतिर पूर्वराष्ट्राध्यक्षले पाउने सुविधाबारे कानुन नहुँदा सरकारका सम्बन्धित पदाधिकारीले चेकमा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको उक्त पत्रिकाले जनाएको छ ।
यो द्विविधाका कारण भीभीआईपी किरायादारलाई निरन्तरता दिन घरधनी महेश बिष्टले कठिनाइ महसुस गरेको पनि पत्रिमा छापिएको छ ।





संविधान त पहाडी बाहुनहरुको बाबुको लागि घोषणा गरियो त त्यही बाबुहरु संग बसन किन खुला अकाश चाहियो