रौतहट, २४ पुस । संघीय समावेशी मधेशी गठबन्धनले सरकार अन्धो रहेको भन्दै दिनमा नै लालटेन जुलुस प्रदर्शन गरी विरोध जनाएको छ ।
रौतहटको सदरमुकाम गौरमा आज मधेशी गठबन्धनले लालटेनसहित जुलुस प्रदर्शन गर्दै मधेश आन्दोलन लामो समय देखि जारी रहेकोले सतारुढ दलहरू देखन नसकेकोले लालटेन जुलुश निकालेर सरकारको विरोध गरेको जनाएको छ ।
गौरको मधेशी क्रान्ति चौकदेखि नगर परिक्रमा गर्दै गौर भन्सारमा कोण सभामा परिणत गरिएको थियो । मधेश आन्दोलनको कारण देशमा विभिन्न क्षेत्रहरूमा नकारात्मक असर परेको तर पनि सरकारले कुनै किसिमको पहल नगरेकोले मुलुकमा ठूलो क्षति हुन सक्ने चेतावनी समेत दिएका छन् । लालटेन जुलुसमा गठबन्धनसम्बद्ध दलका नेताहरुको सहभागिता रहेको थियो ।




