madheshi-morcha-meeting

 

 

 

 

हुलाकी न्यूज, काठमाडौं २४ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने भएको छ ।

शुक्रबार दिउँसो बस्ने मोर्चाको बैठकबाट आन्दोलनका कार्यक्रमअरु तय हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताए ।

विहीबार मोर्चाको बैठक भएपनि शुक्रबारका लागि स्थगित गरिएको थियो ।

शुक्रबार तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा मोर्चाको बैठक बस्ने र उक्त बैठकबाट आन्दोलनका कार्यक्रमहरु घोषणा हुने सुमनले भने ।

यसअघि मोर्चाभित्र रहेका दलहरुले बेग्ला बेग्लै कार्यक्रमहरु घोषणा गरेका थिए ।

यता मोर्चाको तर्फबाट कार्यदलमा रहेको तराई–मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले हुलाकी न्यूजलाई भने,‘नेपाली मिडियामा आए जस्तो कुनै सहमतिको नजिक पुगिएको छैन । यो प्रचारबाजी मात्रै हो ।’

यादवले सरकारी पक्षबाट कार्यदलमा रहेका नेताहरुको अवधारणा सुने पछि सहमति हुने सम्भावना नरहेको बताए । उनले भने,‘कार्यदलका अन्य सदस्यहरुको भावना बुझ्दा मलाई सहमति होला जस्तो लाग्दैन । यो नाटक मात्रै हो जस्तो लाग्छ ।’

1 COMMENT

  1. माेर्चाले अखण्ड नेपाल चाहेकाेछैन । उसकाे बाेलाई र गराइ उल्टाे छ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.