हुलाकी न्यूज, जलेश्वर, २३ पुष । सरकारले संविधानको पक्षमा जनाधार बनाउन संविधानको प्रचारप्रसार गरिरहेकै समयमा तराई मधेश लोकतान्त्रिक पार्टीले पनि जनजागरण अभियान सुरु गरेको छ । संविधानको बारेमा आम जनतालाई बुझाउन र संविधानमा मधेश र मधेशीको विरुद्धमा गरिएका त्रुटीपुर्ण प्रावधानबारे सचेत बनाउन तमलोपा महोत्तरीले दस दिने जनजागरण अभियान सुरु गरेको हो ।
जिल्ला सदरमुकाम जलेश्वरसहित क्षेत्र नं ३ का विभिन्न स्थानमा बिहिबारबाट अभियान सुरु गरिएको छ । जिल्ला अध्यक्ष अभिराम शर्माको नेतृत्वमा जलेश्वर नगरपालिका–१२ मलिवारा गाउँमा एक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको छ ।
अभियानअन्तर्गत १० दिनसम्म पार्टीका नेताहरुले सदरमुकाम जलेश्वरसहित क्षेत्र नं ३ का सबै गाँउमा पुगेर नेपालको संविधानबारे जनजागरण कार्यक्रम गर्ने जिल्ला अध्यक्ष अभिराम शर्माले बताए ।
उनले अभियानका क्रममा संविधानमा गरिएका त्रुटीपुर्ण व्यवस्थाबारे जनतालाई बुझाउनुका साथै सच्याउनुपर्ने बुँदाबारे पनि जानकारी गराइने बताएका छन् ।




लहरों से घबराकर नौका पार नहीं होती,
कोशिश करने वालों की कभी हार नहीं होती।
नन्हीं चींटी जब दाना लेकर चलती है,
चढ़ती दीवारों पर सौ बार फिसलती है,
मन का विश्वास रग मे साहस भरता है,
चढ़कर गिरना गिरकर चढ़ना न अखरता है,
मेहनत उसकी बेकार हर बार नहीं होती,
कोशिश करनेवालों की कभी हर नहीं होती।
डुबकियां सिन्धु में गोताखोर लगाता है,
जा जाकर खाली हाथ लौटकर आता है,
मिलते न सहज ही मोती गहरे पानी में,
बढ़ता दुगुना विश्वास इसी हैरानी में,
मुट्ठी उसकी खाली हर बार नहीं होती,
कोशिश करनें वालों की कभी हार नही होती।
असफलता एक चुनौती है स्वीकार करो,
क्या कमी रह गई देखो और सुधार करो,
जब तक न सफल हो नींद चैन की त्यागो तुम,
संघर्षों का मैदान छोड़ मत भागो तुम,
कुछ किए बिना ही जय जयकार नही होती,
कोशिश करनें वालों की कभी हार नही होती।
– श्री हरिवंशराय बच्चन