Madhesi-Gathbandhan_Alliance

हुलाकी न्यूज, काठमाडौं २३ पुस । संघीय समावेशी मधेशी गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सचेत रहन आग्रह गरेको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै गठबन्धनले सरकारी षड्यन्त्रमा नफस्न मोर्चालाई आग्रह गर्दै खुट्टा नकमाउन पनि आग्रह गरेको छ  ।

विज्ञप्तिमा भनिएको छ,‘ मधेशले जुन अधिकार प्राप्तिका निम्ति बलिदान दिएको छ ती मागहरु सम्पूर्ण रुपमा सम्बोधन नहुने गरी कुनै किसिमको षडयन्त्रमा नफस्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सचेत गराउन चाहन्छौं र खुट्टा नकमाउन पनि आग्रह गर्दछौं ।’

गठबन्धनले मधशमा आन्दोलन चलिरहँदा सरकार बाँसुरी बजाएर बसेको आरोपसमेत लगाएको छ ।
गठबन्धनले घोषणा गरेको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पक्षसँग आग्रह गरेको छ ।

संघीय समावेशी मधेशी गठबन्धन
मिति : २०७२÷०९÷२३
पे्रश–विज्ञप्ति

पाँच महिना देखिको निरन्तर शान्तिपूर्ण आन्दोलनले मुलुकको सामाजिक, राजनैतिक र आर्थिक जगै हल्लाईरहेको अवस्थामा सरकार आन्दोलन प्रति उदासिन र अनउत्तरदायी हुनुले लोकतान्त्रिक विधि र प्रक्रृया नै संकटमा परेको हामीले महशुस गरेका छौं । मुलुकमा मानवअधिकारको चरम उलघंन, आन्दोलनकारी माथी क्रुर दमन, आम नागरिक अभावको पिडामा, विद्यार्थीहरु पढ्न नसकेको अवस्था, देशको अर्थतन्त्र धरासायी भैसक्दा पनि रोम जलिरहदा निरोले बाँसुरी बजाए झैं गरि सरकारले बेवास्ता गरिरहेको छ । अझ सरकार घोषित रुपमै कालोबजारी र तस्करीलाई संरक्षण गरिरहेकोले यस्तो निन्दनिय कार्यको हामी घोर भत्सर्ना गर्दछौं ।

हामीले बारम्बार भन्दै आए पनि सरकारले हाम्रो मागलाई सुनुवाई नगरेकोले मुलुक झनै संकटमा फस्दै गईरहेको छ । त्यसर्थ सदनमा दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिई आन्दोलनरत सबै पक्षहरु अर्थात संघिय समावेशी मधेशी गठबन्धन, संयुक्त लोेकतान्त्रिक मधेशी मोर्चा, मुस्लिम आन्दोलनकारीहरु, थरुहट संघर्ष समिति, आदिवासी जनजाती लगायत सबै पक्षहरुसँग सहमति गरि संविधान संशोधनको प्रक्रृया अगाडी बढे मात्र अहिलेको समस्याको समाधान निस्कने हाम्रो ठहर छ । कुनै एउटा पक्षसँगको सम्वादले मात्रै समस्याको समाधान ननिस्कने र मुलुक झन गम्भिर दुर्घटनामा फस्ने हामी दोहो¥याउन चाहन्छौं । हामी वर्तमान परिस्थितिबाट वार्ता र सम्वादको माध्यमले निकास निकाल्न आतुर छौं तर यो निकम्मा सरकारको असंवेदनशिल र गैरजिम्मेवारीपनले गर्दा यो सम्भव हुन सकिरहेको छैन । साथै मधेशले जुन अधिकार प्राप्तिका निम्ति बलिदान दिएको छ ती मागहरु सम्पूर्ण रुपमा सम्बोधन नहुने गरी कुनै किसिमको षडयन्त्रमा नफस्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सचेत गराउन चाहन्छौं र खुट्टा नकमाउन पनि आग्रह गर्दछौं ।

साथै २०७२ पौष २२ र २३ गते बसेको गठबन्धनको दुई दिने बैठकले आमहड्ताल र नाकाबन्दीलाई निरन्तरता दिदै यस अघि हामीले पौष २६ गते सम्म घोषणा गरेको कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले सम्पन्न गराउन आम जनसमुदायमा हार्दिक आग्रह गर्दछौं । र पौष २७ गते देखि माघ ४ गते सम्ममा मधेशको हरेक जिल्ला अन्र्तगत गठबन्धनको क्षेत्रिय समितिहरु बनाउने र त्यस क्षेत्र अन्र्तगतका प्रत्येक गा.वि.स.हरुमा हरेक दिन अन्र्तक्रिया कार्यक्रमहरु गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

शरत्सिंह भण्डारी
अध्यक्ष
रामसपा अनिल कुमार झा
अध्यक्ष
नेसपा राजकिशोर यादव
अध्यक्ष
गणतान्त्रिक फोरम जय प्रकाश गुप्ता
संयोजक
तमरा अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.