lalbabu-patel

हुलाकी न्यूज, वीरगंज, २३ पुष । 
मधेश आन्दोलनका गम्भीर घाईते लालबाबु पटेलले आफ्नो उपचारको उचित व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत पटेलले आफूलाई भेट्न आउनेहरुलाई उचित उपचारको व्यवस्था मिलाईदिन आग्रह गर्नेगरेका छन् ।

गत भाद्र २७ गते रौतहटको गौरमा प्रहरीको गोली लागि गम्भीर घाईते भएका पटेलको अवस्था दिनानुदिन बिग्रदै गएको छ । यस्तोमा उनको उपचारको लागि नगद र जिन्सी सहयोग प्रदान गर्न जानेहरुलाई पनि उनले आफूलाई नगदको सट्टा भरपर्दो र उचित उपचारको व्यवस्था मिलाईदिन आग्रह गरेका हुन् ।

केही दिन पहिले पटेललाई सहयोगस्वरुप नगद र जिन्सी दिन पुगेका संघसंस्था र व्यक्तिहरुसँग उनले यस्तो आग्रह गरेका थिए । त्यस्तै पटेलको अवस्था बुझ्न अस्पताल पुगेका मानवअधिकारकर्मी शैलेन्द्र अम्बेडकरसँग पनि उनले यस्तै आग्रह राखेका छन् ।

गौरमा गोली लागेका पटेललाई उपचारको लागि काठमाडौंको विर अस्पताल ल्याइएको थियो । हाल उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । घाईते भएदेखि नै उनी अस्पतालको शैयामा छन् । पटेलको अवस्था दिन प्रति दिन नाजुक बन्दै गईरहेको छ ।

प्रहरीको गोली लागेर उनीसँगै घाईते भएका रौतहटका मोहमद मेहरुद्दिनको उपचार नपुगेर मृत्यु भएपछि उनी झन विचलित भएका छन् ।

रौतहट टिकुलिया निवासी पटेलसँग सम्पतीको नाममा केही छैन । उनका चार छोरी मात्र छन् । चारैजनाको उमेर १२ वर्षभन्दा कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.