accident-1

अमरेन्द्र कुमार यादव, धनुषा २२ पुस । धनुषाको क्षिरेश्वर नगरपालिका अन्तर्गत राजदेवी मन्दिर नजिक मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उप महानगरपालिका लक्ष्मीपुर बगेबा वडा नं. २५ का बर्ष ३५ का दिनेश राउत र बनौली बस्ने बिजय चौधरी भन्ने बिनोद चौधरी रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेनद्रनगरका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरीका अनुसार, जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत क्षिरेश्वर नगरपालिकाको वडा नं. २ स्थित राजदेवी मन्दिर भन्दा करिव २०० मिटर उत्तर ढल्केबरबाट जनकपुर आउँदै गरेको ज ४ प ८१७१ नम्बरको मोटसाईकल र विपरीत दिशाबाट जाँदै गरेको ज ३ प १५१९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा ज ३ प १५१९ नम्बरको मोटरसाइकलमा दुई जना सवारमध्ये पछाडि बस्ने अन्दाजी ३० बर्षिय बिनोद चौधरीको जनकपुर अञ्चल अस्पतालमा मृत्यू भएको हो । गम्भीर घाईते भएका चालक अन्दाजी बर्ष ३५ का बिन्धी बस्ने रामसेवक ठाकुरको उपचार रमदैया स्थित जानकी मेडीकल कलेज पछि रेफर गरि जनकपुर अञ्चल अस्पतालमा लगिएको जानकारी ईप्रका महेन्द्रनगरले दिएको छ ।

दुर्घटना पश्चात् गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

accident-2 accident-3 accident-4 accident-5 accident-6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.