upendra yadav parsa
वीरगन्ज, २२ पुस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाको ११ बुँदे मागमा साझा धारणा नल्याए मधेश आन्दोलन र सीमाकेन्द्रित धरणा बन्द नहुने चेतावनी दिएका छन् ।

मधेशी मोर्चाका नेता समेत रहेका यादवले मोर्चाले सरकारसँग दिएको मागको सम्बोधन नगर्दै नेपाली काग्रेसले ल्याएको २ बुदें संविधान संशोधनले मधेशी जनताको माग पुरा नहुने दाबीसमेत गरेका छन् । उनले मधेश आन्दोलनको ५ महिना वितिसक्दा पनि सरकारले मोर्चासंग झिनो आश समेत नदिएको बताउदैँ वर्तमान सरकार अहिले सम्मकै इतिहासमा असक्षम सरकार भएको टिप्पणी गरेका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको नाकाबन्दीको १०६ औँ दिनसम्म धर्ना जारी नै रहेको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्ना कार्यकर्तासंगै धर्नामा सहभागी भएका छन् ।

भूकम्प पीडित, मधेश आन्दोलन, सुशासन लगायतको समस्या सामाधान नगरि महंगि, कालोबजारी, गुण्डागर्दिलाई प्रसय दिईरहेको आरोप लगाउदै वर्तमान प्रधानमन्त्री उखान टुक्का खोजिखोजि टिप्पणी गर्दैमा समय काटिरहेको बताए । असक्षम सरकार धेरै दिन टिक्न नसक्ने दाबि गर्दै उनका आफ्नौ पार्र्टीमा मतभेद रहेको र सोको पर्दाफास उनकै सहपाठीहरुले गर्दै आएको बताएका थिए ।

धर्नास्थलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जनपरिचालक समितिका संयोजक एवम् संधिय समाजवादि फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, केन्द्रिय महासचिव रामसाह यादव, सेख जैसुदिन, मदन यादव, हस्मुदिन देवान, रेखा साह, प्रमोद गुप्ता, नासिर खान, बच्चा यादव लगायतको उपस्थिति रहेको थियो ।

1 COMMENT

  1. लहरों से घबराकर नौका पार नहीं होती,
    कोशिश करने वालों की कभी हार नहीं होती।

    नन्हीं चींटी जब दाना लेकर चलती है,
    चढ़ती दीवारों पर सौ बार फिसलती है,
    मन का विश्वास रग मे साहस भरता है,
    चढ़कर गिरना गिरकर चढ़ना न अखरता है,
    मेहनत उसकी बेकार हर बार नहीं होती,
    कोशिश करनेवालों की कभी हर नहीं होती।

    डुबकियां सिन्धु में गोताखोर लगाता है,
    जा जाकर खाली हाथ लौटकर आता है,
    मिलते न सहज ही मोती गहरे पानी में,
    बढ़ता दुगुना विश्वास इसी हैरानी में,
    मुट्ठी उसकी खाली हर बार नहीं होती,
    कोशिश करनें वालों की कभी हार नही होती।

    असफलता एक चुनौती है स्वीकार करो,
    क्या कमी रह गई देखो और सुधार करो,
    जब तक न सफल हो नींद चैन की त्यागो तुम,
    संघर्षों का मैदान छोड़ मत भागो तुम,
    कुछ किए बिना ही जय जयकार नही होती,
    कोशिश करनें वालों की कभी हार नही होती।

    – श्री हरिवंशराय बच्चन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.