रौतहट, २२ पुस । संघीय समावेशी मधेशी गठबन्धन रौतहटका नेताहरुले मधेशी जनताले हातमा हात मिलाएर आन्दोलनलाई निर्णायक बनाउनुपर्ने जोड दिएका छन् ।

जिल्लाको बालचनपुरमा आज केन्द्रीय पूर्वघोषित कार्यक्रमअनुसार आयोजना गरेको कोण सभा नेताहरुले सो कुरा बताएका छन् । गठबन्धनका नेताहरुले मधेश आन्दोलनलाई शसक्त बनाउन र मधेशी जनतालाई मिलेर आफ्नो हकअधिकारका लागि अन्तिम लडाइ भएकोले अगाडि बढनुपर्ने धारणा राखेका छन् ।
संघीय समावेशी मधेशी गठबन्धनले गरेका कोण सभामा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामप्रवेश दास, युवा नेता कुन्जविहारी राय, मन्शारूल हक, समाजवादी दलित संघका राष्ट्रिय अध्यक्ष बिगु पासवान, थारु कल्याणकारी सभाका अध्यक्ष रामअशरे चौधरी, नेपाल सदभावना पार्टीका युवा नेता रन्धिर सिंह, गणतान्त्रिक फोरम जिल्ला अध्यक्ष शेख जिकुरुल्लाह लगायत उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.