हुलाकी न्यूज, काठमाडौं २२ पुस । नेपाल सद्भावना पार्टीबाट सरिता गिरी औपचारिक रुपमै बाहिरिएकी छन् ।
गिरीले पार्टी परित्याग गरेको जानकारी केही महिनाअघि गराएपनि पार्टीको पुस २० र २१ गते काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले उनको परित्याग पत्रलाई स्वीकृत गरेको छ ।
अव गिरी नेपाल सद्भावना पार्टीको साधारण सदस्यसमेत रहेनन् ।
सरिता गिरीले सर्वोच्च अदालतबाट नेपाल सद्भावना पार्टीको मुद्दा जितेर अध्यक्ष भएकी थिइन् । त्यसपछि अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीसँग एकीकरण गरेपछि अध्यक्ष अनिल झा भएका थिए ।





