matrika-yadav

वीरगन्ज, २२ पुस । मातृका यादव संयोजक रहेको संयुक्त राष्ट्रिय मधेशी आन्दोलन समितिले वीरगन्जमा विरोध रैली र जनसभा गर्ने जनाएको छ । वीरगन्जको घन्टाघरमा पुस २७ गते सोमबार विरोध रैली र जनसभा गर्ने सहसंयोजक गोपाल ठाकुरले हुलाकी न्यूजलाई जनाएका हुन् ।

खस गोर्खाली सम्राज्यको उपनिवेशबाट मुक्तिका लागि जनसभाको आयोजना गर्न लागिएको समितिले जनाएको छ । समग्र मधेश एक प्रदेश, राष्ट्रीय आत्मनिर्णयको अधिकार, सर्वत्र समान मताधिकार, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व, स्वायत्त शासन, मधेशमा आप्रवासन (बसाइँसराइ) नियंत्रण, नागरिकतामा रहेको विभेद अन्त्य र शिक्षा, स्वास्थ्य तथा रोजगारको पूर्ण ग्यारंटीसहित जारी रहेको तेस्रो मधेश आन्दोलनलाई निर्णायक बनाउन जनसभा उपयोगी हुने दाबी गरिएको छ ।

जनसभामा संयोजक मातृका प्रसाद यादव, सहसंयोजक गोपाल ठाकुर, प्रवक्ता बलराम यादव, केन्द्रीय सदस्यहरु विनोद उपाध्याय, श्रवण यादव बरबरिया, जगत यादव, राज नारायण चौधरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.