जलेश्वर, २१ पुस । पिकनिक गर्न गएका एक बालकको बसबाट लडेर मृत्यु भएको छ । महोत्तरी जिल्लाको बर्दिबास ४ मा मंगलबार बिहान बसको ढोकाबाट लडेर सहमत राइनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

जनकपुरस्थित मिथिला मन्टेश्वरी स्कुलका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुलीको करकरे गाविसको माईस्थानतर्फ गइरहेको बेला बस लडेर सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत राइनको मृत्यु भएको हो ।

ना४ख ३५७९ नम्बरको बसमा सवार ५० जना विद्यार्थीहरु नयाँ वर्ष मनाउन जाने क्रममा विपी राजमार्गको बर्दिबास ४ मा बस मोड्ने क्रममा राईन बसको ढोकाबाट एक्कासी लडेका थिए ।

उनलाई तत्कालै बर्दिबासको जनसेवा अस्पताल पु¥याइएको थियो । राईन धनुषा जिल्लाको पटेरवा ७ का वासिन्दा रहेका छन् । उनी विद्यालयकै होस्टलमा बसेर पढ्दै आएका थिए । उनको वुवा अहिले वैदेशिक रोजगारमा गएका छन् । बस र चालकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.