कपिलवस्तु, २१ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभका लागि संयुक्त  लोकतन्त्रिक मधशी मोर्चा र संघीय समावेशी मधेश गठबन्धनका कार्यकर्ताले मैनबत्ती जलाएर स्वास्थ्य लाभको कामना गरेका छन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपमहासचिव एवम् सांसद अभिषेक प्रताप शाहले सम्बोधन गरेका थिए । उनले महतोको आन्दोलनप्रतिकको साहसिक कामको प्रशंसा गर्दै मधेशको माग कसैले पनि रोक्न नसक्ने बताएका थिए ।

उनले सडकबाटै मधेशी जनजाति, दलित, पिछडा वर्ग र मुस्लिमको संविधान घोषणा हुने कुरामा जोड दिँदै आउने दिनमा मधेशी तथा जनजाति आदिवासीहरुको बृहत मोर्चाबाट आन्दोलन शसक्त बनाउने कुरामा जोड दिएका  थिए ।

कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरीले वर्तमान सरकारलाई कायर तथा मधेश विरोधी सरकारको संज्ञा दिदै मधेशीको आन्दोलन दमनको भरमा नरुक्ने बताए । सो विरोध सभामा शहसराम यादव, अब्दूल रसिद खाँ, मोहम्द हई खाँ, जनशन शार्मा, कैलाश अग्रहरी, संन्दिप पाण्डेय, शैलेन्द्र कुमार यादव, दिपक पाण्डेय, लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.