mahendra yadav
रौतहट, २१ पुस । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली घाइते भई उपचारको क्रममा मृत्यु भएका शेख मैरुदिनको आज मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । वीरगन्जस्थित नारायाण्ी अस्पतालमा आइतबार मृत्यु भएका मैरुदिनको २ दिन पछि पैतृक गाउँ रौतहटको अकोलवा वैरिया स्थित कव्रस्तानमा माटो दिइएको हो ।

अन्तिम संस्कारमा सहभागी भएका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले आन्दोलनको क्रममा शहादत प्राप्त गरेका मैरुदिन र मोहम्द शम्स तवरेजका परिवारलाई तत्काल राहत स्वरुप दुई–दुई लाख नगद रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता समेत रहेका यादव लगायत मोर्चाका जिल्लास्तरीय नेताहरु शहिद मैरुदिनको पार्थिव शरिरमा फुल अपर्ण गरी श्रद्धान्जली दिएका थिए ।

शहिद परिवारलाई मोर्चाको तर्फबाट नगद २५–२५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामेश्वर प्रसाद यादवले जानकारी दिएका छन् ।

अन्तिम संस्कार कार्यक्रममा मोर्चाका नेता योगेन्द्र राय यादव, बाबुलाल साह कानु, शेख नुरुल होदा, पूर्व जिल्ला सभापति राजेन्द्र पटेल सहित गाउँका स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.