Madehshi-Morcha-notic

हुलाकी न्यूज, काठमाडौं २१ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन दलले बनाएको कार्यदलमा सदस्य पठाउने भएको छ ।

मंगलबार तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मधेशी मोर्चाको अनौपचारिक बैठकबाट तीन दलले बनाएको कार्यदलमा सहभागी हुन तीन सदस्य चयन गरेको छ ।

तर कार्यादलमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी सहभागी भएको छैन । मोर्चाको मंगलबारको अनौपचारिक छलफलमा सद्भावनाका प्रतिनिधि सहभागी भएपनि कार्यादलमा सद्भावनाले आफ्नो सदस्य पठाएको छैन ।

छलफल पश्चात मधेशी मोर्चाको तर्फबाट तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको बक्तव्यमा तीन सदस्यीय कार्यादल बनाइएको जनाएका छन् ।

कार्यदलमा तराई–मधेश लोकतान्त्रिक पार्टीबाट हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालबाट राजेन्द्र श्रेष्ठ र मोर्चाका सबभन्दा कान्छो दल तराई–मधेश सद्भावना पार्टीबाट रामनरेश राय रहेका छन् ।

छलफल पश्चात हुलाकी न्यूजसँग कुराकानी गर्दै सद्भावनाका महासचिव मनिष सुमनले मोर्चाको तर्फबाट पनि तीन सदस्य कार्यादलमा पठाइएको बताए । कार्यदलमा सद्भावनाको सहभागीता बारे सुमनले भने,‘सरकारले माफी नमागेसम्म हामी वार्तामा जाँदैनौं र यो कार्यदलमा पनि त्यही भएर गएको होइनौं ।’

सुमनले मोर्चाबाट गएको तीन सदस्य कुनै पार्टीको नभएर मोर्चाको भएको जिकिर गर्दै भने,‘मोर्चाको तर्फबाट सदस्यहरु गएका छन् सद्भावना पनि मोर्चामै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.