रंजन भण्डारी, जलेश्वर, २१ पुष । पिकनिक मनाउन सिन्धुली गइरहेको बसबाट लडेर मंगलबार बिहान एक बालकको मृत्यु भएको छ । जनकपुरस्थित मिथिला मन्टेश्वरी स्कुलका विद्यार्थीहरु पिकनिक मनाउन गईरहेको बेला बिहान करिब ८ बजे बर्दिवास ४ विपि राजमार्गमा बस मोडने क्रममा बसबाट लडेर एक छात्रको मृत्यु भएको हो ।

ना ४ ख ३५७९ नं. को बसमा करिव ५० जनाको समूहमा रहेका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुली गईरहेको वेला धनुषा पटेरवा ७ का अन्दाजी वर्ष १५ का सहमद राईन बसबाट खसेर घाईते भएपछि बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि बस र चालक ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा छन् भने बालकको शव अहिले जनसेवा अस्पतालमै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.