janamat-sangrah

हुलाकी न्यूज, काठमाडौं, २१ पुष । 
स्वतन्त्र मधेशका लागि जनमत संग्रहको अभ्यास गरेका डा. सीके राउतका कार्यकर्ता र समर्थकमाथि राज्य विप्लवको मुद्दा लाग्ने भएको छ । मधेशमा ‘जनमत संग्रह’ को प्रारम्भिक अभ्यास गरिरहेका राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिरहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ ।

सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको नाटक मञ्चन गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने सरकारी अधिकारीले बताएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बीकेले यो गम्भीर प्रकारको अपराध भएको भन्दै देश टुक्र्याउने गतिविधि गर्दै हिँडेका व्यक्तिहरुको पहिचान गरी तिनीहरुलाई अदालतमा उभ्याइने र राज्य विप्लवमा मुद्दा चलाइने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.