Nepal-sadbhawana-party

हुलाकी न्यूज, काठमाडौं २१ पुस । नेपाल सद्भावना पार्टीको विस्तारित बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ । बैठक नयाँ बानेश्वरको अल्फाविटा हाउसमा मंगलबार पनि जारी रहेको छ ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेको अवस्थामा सद्भावना परिवार एक भएर जानुको विकल्प नरहेको बताएका छन् । केन्द्रीय सदस्यहरुले अन्य दलहरुसँगको मोर्चाबन्दीलाई झन् प्रगाढ बनाउँदै सद्भावना परिवारबीच एकता हुनु पर्ने बताएका छन् ।

केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै पार्टीको विस्तारित बैठक प्रादेशिक सिमाना अनुसार भईरहेको र बैठकबाट आन्दोलनलगायतका विषयमा छलफल हुने बताए । झाले विस्तारित बैठकबाट आन्दोलनका ठोस र नयाँ कार्यक्रमहरु आउने जनाए ।

बैठक मंगलबार सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.