हुलाकी न्यूज, जनकपुरधाम, २२ भदौ । जनकपुरमा मंगलबार प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि जारी हुनेगरी जिल्ला प्रशासन कार्यालयले जनकपुरका केही क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।

यसअघि गत बुधबार प्रशासनले जनकपुरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

गएको बुधबारभन्दा यस पटक निषेधित क्षेत्रकोको दायरा बढाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएकोछ छ ।

हुलाकी न्यूज सहकर्मी गोविन्द महतोले जनाए अनुसार कदम चौकदेखि मालपोत कार्यालय, कदम चौकदेखि रामचौक र भानु चौकदेखि रेल्वे स्टेसनसम्म निषेधित क्षेत्र तोकिएको छ ।

गत बुधबार लगाइएको निषेधाज्ञा कृष्णाष्टमीलाई ध्यानमा राख्दै शनिबार हटाइएको थियो ।

जनकपुरमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले मंगलबार वृहत जुलुस निकाल्ने कार्यक्रम पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.