Gajendrabadi-sadbhawana

हुलाकी न्यूज, पटना २१ पुस । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)का अध्यक्षसहितका नेताहरु भारतीय नेताहरुलाई भेटघाट गरी मधेशमा जारी आन्दोलनबारे छलफल गर्दैछन् ।

मंगलबार हुलाकी न्यूजसँग कुराकानी गर्दै गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले आफूहरु भारतको विहार राज्यका विभिन्न नेताहरुसँग भेटेर मधेशमा जारी आन्दोलनका बारे छलफल गरेको बताए ।

तिवारीले राष्ट्रवादी काँग्रेसका केन्द्रीय महासचिव एवं सांसद तारिक अनबरसँग भेटघाट भएको बताए । तिवारीले उनीहरुसँगको भेटमा मधेशमा जारी आन्दोलनमा सहयोगका लागि पनि कुराकानी भएको बताए ।

त्यस्तै राष्ट्रि जनता दलका उपाध्यक्ष डा.रघुबंश प्रसाद सिंहसँग पनि छलफल भएको तिवारीले बताए । उनका अनुसार सिंह मधेश आन्दोलनको समर्थनमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.