Topbahadur-rai-majhi

हुलाकी न्यूज, काठमाडौ २१ पुस । सरकारले उर्जा संकट निवारण काल घोषणा गर्ने जनाएको छ । हुन त प्रधामन्त्री केपी शर्मा ओलीले एक वर्षमा लोसेडिङ्गमुक्त गर्ने बताए पनि त्यसतर्फ कुनै कार्य हुन सकेको छैन ।

यता सोमबार उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि एक वर्षभित्र जनताले महसुस गर्ने गरी लोडसेडिङ्ग अन्त्य गर्न यो महिनाभित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने बताएका छन् ।

उनले सकिन लागेका आयोजनालाई तिब्रताका साथअघि बढाउने, विग्रेका आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने, त्यसकोलागि आवश्यक ईन्धन उपलब्ध गराउने, ठूला जलासययूक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाईन निर्माण र सौर्य उर्जा उत्पादनको योजनाहरु समेटिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.