Ramnaresh-rai

हुलाकी न्यूज, काठमाडौं २१ पुस । तराई मधेश सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले सरकारले कार्यदल बनाएर वार्ताबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रायले सरकार वार्ताबाट पञ्छिन र मधेशी मोर्चालाई अल्मल्याउन कार्यदलको नाटक गरेको समेत आरोप लगाएका छन् ।

मोर्चाको तर्फबाट वार्ता टोली सदस्यसमेत रहेका रायले मोर्चामा चार पार्टी रहेकोले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन् ।

उनले भने,‘मोर्चामा चार दल छन् । कार्यदल नाम पठाउँदा चार दलका चार जनाको नाम पठाउँछौ । सरकारले मागेजस्तो एक जनाको मात्र नाम पठाउँदैनौ । तर नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चाले छलफल गरेर निर्णय लिन्छ ।’

उनले सरकार बार्ताबाट भाग्न लगेकोले उसलाई भाग्न नदिन र मोर्चा बार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ भन्छ त्यही बस्नु पर्ने आफ्नो ब्यक्तिगत धारणा सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.