हुलाकी न्यूज, काठमाडौं २२ भदौ । मधेश–थरुहटमा जारी आन्दोलनमा पछिल्लो समय पेसाकर्मीदेखि सरकारी कर्मचारीहरुको उल्लेखिय सहभागीता देखिन थालेको छ । त्यसलाई रोक्न नेपाल सरकारले सोमबार एक विज्ञप्ति नै जारी रहेको छ ।

आन्दोलनको क्रममा नेपालगंज र जनकपुरधाममा कर्मचारीहरुले पनि प्रदर्शन गरेका छन् । मधेशी–थारुको माग सम्बोधन गर्न उनीहरु स्वन्त्ररुपमा प्रदर्शन गर्दै आएका छन् ।

साथै समाजिक संजाल तथा अन्य क्षेत्रमा पनि कर्मचारीहरुले आन्दोलनको समर्थनमा लेख्दै आएका छन् । सरकारले आन्दोलनको समर्थनमा लेख–पढ गर्न पनि रोक लगाएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा आन्दोलनको समर्थनमा समाजिक सञ्जालमा आएका सामाग्रीलाई लाईक गर्न पनि रोक लगाइएको छ ।

कर्मचारीहरुले आन्दोलन गरेर कार्यालय ठप्प पार्ने तथा सडक मै र्ओलेर नारावाजी गर्दा सरकारले त्यसबेला माग सम्बोधन गर्ने गर्छ तर हाल जारी आन्दोलनमा कर्मचारीले समर्थन जनाउँदै दबाउने प्रक्रयास भएको कर्मचारीहरु नै बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.