Sadbhabana-maun-dharan
हुलाकी न्यूज, वीरगंज, २० पुष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सदभावना पार्टीले मधेश आन्दोलनका सहिदलाई श्रद्धाञ्जली दिँदै एक घण्टा मौन धारण गरेको छ । पूर्व घोषित विरोध कार्यक्रम अनुसार पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुले सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मौन धारण गरेका हुन् ।

अध्यक्ष राजेन्द्र महतो बिराटनगरमा प्रहरीद्वारा कुटिएपछि आफ्नो छुट्टै विरोधका कार्यक्रम घोषणा गरेको सदभावनाले पुष २१ गते मंगलबार आन्दोलनका नारासहितको भित्ते लेखन कार्यक्रम गर्ने जनाएको छ ।

उसले पार्टी कार्यकर्ता र समर्थकहरुलाई आ–आफ्नो गाउँटोलमा मधेश आन्दोलनको समर्थनमा कम्तिमा एउटा नारा भित्तामा लेख्न सार्वजनिक अपिल पनि गरेको छ ।

1 COMMENT

  1. एक घण्टा होइन, लाजशरम नभएकाहरुले दैनिक १२ घण्टे यो कार्यक्रम राखे जनता दिग्भ्रमित हुने थिएनन कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.