
हुलाकी न्यूज, गौर, २० पुष । मधेशी मोर्चाले गौरस्थित जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि प्रदर्शन गरेको छ । मधेश आन्दोलनको क्रममा मृत्यु भएका मोहम्मद मेहरुद्दिनको शवसहित जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।
जारी मधेश आन्दोलनको क्रममा गौरमा ३ महिनाअघि प्रहरीको गोली लागेर घाईते भएका मोहम्मद मेहरुद्दिनको उपचारका क्रममा आईतबार वीरगंजस्थित नारायणी उपक्षेत्रीय अंचल अस्पतालमा मृत्यु भएको थियो ।
मेहरुद्दिनको शव जिल्ला प्रशासन कार्यालयको प्रवेश द्वार नजिक राखेर आन्दोलनकारीले चर्को नाराबाजी गरेका छन् । उनलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने लगायतका ४ बुँदे माग मोर्चाको छ ।
गत असोज २७ गते गौरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी मेहरुद्दिन घाइते भएका थिए ।



