birgunj-aandolan
हुलाकी न्यूज, वीरगंज २० पुस । पर्सामा संघीय समावेशी मधेशी गठबन्धनले आन्दोलन चर्काउँदै लगेको छ । जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कमजोर पर्दै जाँदा गठबन्धन आबद्ध युवाहरुले आईतबारबाट विरोध र प्रदर्शनलाई कडा बनाएका छन् ।

जारी मधेश आन्दोलनको १४४ औं दिन र नाकाबन्दीको १०४ औं दिन सोमबार पनि गठबन्धन पर्साले वीरगंज ठप्प पारेको छ । वीरगंजको मुख्य चौकहरुमा बिहानैदेखि टायर बालेर विरोध प्रर्दशन गरिएको छ ।

मधेशमा जारी रहेको आम हड्ताल पछिल्लो समय केही फितलो देखिएकोले सशक्त रुपमा सडकमा उतरिएको गठबन्धनका संयोजक ईश्वर यादवले बताएका छन् । वीरगंज बजारमा पैदल यात्री र मोटरसाईकल बाहेक केही चल्न दिइएको छैन ।

वीरगंजको घण्टाघर, माईस्थाल चौक, आर्दशनगर चौक, नेशनल टेड्रिङ्ग, चिनीमिल आवास क्षेत्र, पिपरा, प्रतिमा चौक, पावर हाउस चौक, मुर्ली लगायतका स्थानमा टायर बालेर प्रर्दशन गरिएको छ ।

प्रदर्शनमा गठबन्धनका नेताहरु राजकुमार यादव, किसोरी यादव, कदम रसुल, कपिलदेव तिवारी, दिनेश चौरसिया, युवा गठबन्धनका ओमप्रकास सर्राफ, अनिल गुप्ता, धर्मेन्द पटेल, जलेश्वर सर्राफ, संतोष साह, भरत सर्राफ, रमेश सहनी, राहुल गुप्ता, धुरेन्द्र पटेल, सीता पटेललगायतको सहभागिता रहेको थियो ।

यसैबिच संघीय समावेशी मधेशी गठबन्धन पर्साका संयोजक सरीफ अहमदको अध्यक्षता र पर्सा थोक तथा खुद्रा तथा जेनरल व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा, सुनचाँदी व्यवसायी संघका सचिव प्रवेस सर्राफ, लेडिज कपडा बिक्रेता संघका धर्मेन्द्र गुप्तासहित गठबन्धनका नेताहरु राजेशमान सिंह, राजकुमार यादव, शिव पटेल, कदम रसुल, प्रेमबाबु पटेल लगायतको उपस्थितिमा बसेको बैठकले आन्दोलनकारी र स्थानीय व्यवसायीबीच सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको छ । बैठकमा व्यवसायीहरुले दिनको दुई बजेसम्म बजार गरी आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.