Sharat singh bhandari
हुलाकी न्यूज, काठमाडौं, २० पुष । राष्ट्रिय मधेश समाजवादी पार्टीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र देखिएको राजनीतिक विचलन र मतभिन्नताप्रति दुख व्यक्त गरेको छ । पार्टीले सामाजिक सञ्जाल फेसबुकमार्फत अहिलेको अवस्थामा सबै आन्दोलनरत पक्ष मिलेर जानुपर्नेमा मोर्चाभित्र देखिएको अलगावले आन्दोलनमा नराम्रो असर पुर्याउने ठहर गरेको छ ।

उसले संघीय समावेशी मधेशी गठबन्धनले मधेशी महागठबन्धन निर्माणको प्रयास गरिरहेकै जनाउँदै आन्दोलनरत सबै पक्षलाई महागठबन्धनमा आबद्ध भई अगाडि बढ्न अपिल गरेको छ ।

रामसपाले गठबंधन र मोर्चाले अघि सारेको ९ र ११ बुँदे मागहरूको उचित सम्बोधन नहुन्जेलसम्म आन्दोलन अगाडि बढाइराख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.