CK Raut

हुलाकी न्यूज, काठमाडौं, २० पुष । स्वतन्त्र मधेशका अभियन्ता एवं स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउतले स्वतन्त्र मधेशको लागि जनमत संग्रहमा सहमति गर्नुमा नेपालको पनि फायदा रहेको दाबी गरेका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमार्फत डा. राउतले मधेश देशको लागि गरिने जनमत संग्रहबाट नेपाललाई हुनै फायदाहरु बुँदागत रुपमै उल्लेख गरेका छन् । नेपाली शासकको नाममा भन्दै नेपाली भाषामा लेखिएको उक्त पोष्टमा डा. राउतले पाँच वटा बुँदा राखेका छन् ।

डा. राउतले लेखेका छन् –

स्वतंत्र मधेशको लागि जनमतसंग्रहमा सहमति गर्नाले नेपाललाई हुने ५ अचूक फाइदाहरू (नेपाली शासकको नाममा)

१. चार महिनाको मधेश आंदोलनले ६ खर्ब घाटा भयो भने ५० अर्ब राजस्व मात्रै गुमेको छ, जबकि जनमतसंग्रहलाई मानेको खंडमा त्यो १६ अर्ब मै गराउन सकिन्छ । (पछिल्लो संविधानसभा चुनावको खर्च १६ अर्ब थियो, जसमध्ये सुरक्षा व्यवस्थाका लागि १० अर्ब र निर्वाचन आयोगका लागि ६ अर्ब रुपैयाँ छुट्टयाइको थियो) ।

२. मधेश आन्दोलनलाई पेलेरै शांत गर्ने हो भने यसलाई नेपाली शासकवर्गको तानाशाही मानिनेछ जुन अन्तरालमा गएर निकै घातक साबित हुनेछ, तर जनमतसंग्रह गराउन मानेमा त्यो जनताको सार्वभौमसत्ता र लोकतंत्रलाई स्वीकार्नु हुनेछ, जनताको सम्मान हुनेछ ।

३. मधेश आन्दोलनलाई पेलेरै शांत गर्ने हो भने देश दीर्घकालमा जातिय द्वन्द्व, हिंसा र गृहयुद्धमा फस्ने सुनिश्चित हुन्छ, तर जनमत संग्रह गराएर समाधान दियो भने देशमा स्थायी शान्ति स्थापित हुन्छ ।

४. मधेश आन्दोलनलाई पेलेरै जाँदा देशको अन्तर्रा्ष्ट्रिय छवि विग्रने मात्रै होइन, अन्तर्रा्ष्ट्रिय असहयोग र नाकाबंदी समेत हुनसक्छ, तर जनमत संग्रह गराएर जनताको मतको कदर गर्दै अगाडि बढयो भने अन्तर्रा्ष्ट्रिय छवि पनि सकारात्मक हुनेछ, अन्तर्रा्ष्ट्रिय सहयोग पनि प्राप्त हुनेछ ।

५. मधेश आन्दोलनलाई पेलेरै जाँदा देश सुडान झैं दशकौं सम्म द्वन्द्व मैं अल्झिराख्न सक्छ, जबकि जनमतसंग्रह गराएर समस्याको शांतिपूर्ण छिनोफानो ६ महिना भित्रै गर्न सकिन्छ ।

आफैं विचार गर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.